पाल्पाको तल्लोकोलडाँडामा ‘साविक वडास्तरीय भलिबल प्रतियोगिता’ हुने

पाल्पा | भदौ १३, २०७९

पाल्पाको तल्लोकोलडाँडामा ‘साविक वडास्तरीय भलिबल प्रतियोगिता’ हुने

पाल्पा:   हिन्दुनारीहरुको चार्ड हरितालिका तीजको अवसरमा बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा सक्रिय रहदै आएको माउण्ट एभरेष्ट युवा क्लबले वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
 

शहिद केवल गाहामगर ‘कुँवेर’ स्मृति खेलमैदानमा आगामी १५ गते ‘स्वस्थ्यका लागि खेलकुद, खेलकुदका लागि माउण्ट एभरेष्ट युवा क्लब’ भन्ने नारासहित ‘बगनासकाली साविक वडास्तरीय भलिबल प्रतियोगिता’ आयोजना गरिने कार्यक्रम संयोजक धिरज गाहामगरले जानकारी दिए । 

 

उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले नगद रु १५ हजारसहित पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने उपविजेता टोलीले नगद रु १० हजारसहित पदक तथा प्रमाणपत्र हात पार्नेछ । 

 

त्यसैगरि सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु ५ हजारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने संयोजक गाहामगरले बताए । 

उनले उक्त क्लब खेलकुदसँगै सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको बताए । ‘हामीले हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गर्छौ, उनले भने, ‘धेरै ठुलो उपाधिराशीको प्रतियोगिता नभएपनि गाउँपालिका भित्रका खेलाडीहरुबीचको सम्बन्ध सुमधुर बनाउने हाम्रो लक्ष्य हो ।’

 

उनले उक्त प्रतियोगिता स्थानीय स्तरका खेलाडीहरुका लागि खेलकौशल प्रर्दशन गर्ने उपयुक्त आधार हुने बताए ।

‘हाम्रो प्रतियोगितामा स्तरीय खेलाडीहरुले सहभागिता जनाउन पाउँदैनन्, संयोजक गाहामगरले भने, ‘विशेषगरी स्थानीय स्तरको खेलाडी भाइहरुलाई  आफ्नो खेल प्रर्दशन गर्ने एउटा वातावरण दिएका हौं । पछि गएर गाउँपालिकाबाट छनोट भएर जिल्ला, प्रदेश हुदैं राष्ट्रिय स्तरको खेलाडी उत्पादन हुन पनि सक्छ । त्यसैले यस प्रतियोगिता पुरस्कार राशीमा कमदेखिएपनि खेलाडी उत्पादनको हिसाबले महत्वपूर्ण ठानेका छौं ।’

 

क्लबका अध्यक्ष दान बहादुर रानामगरका अनुसार सो प्रतियोगितामा सहभागिता जनाउनका लागि टिम दर्ता शुल्क १ हजार ५ सय निर्धारण गरिएको छ ।

 

सो क्लबले हरेक वर्ष विजयादशमीको अवसरमा पूर्णिमाको दिन आदिवासी जनजाति समुदायको कला संस्कृति संरक्षण गर्ने उद्देश्यले साँस्कृतिक कार्यक्रमकोसमेत आयोजना गर्दै आएको छ । 

 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्